काठमाडौः शुक्रबार दिउँसो साढे २ बजेतिर जिल्ला प्रहरी कार्यालय बझाङमा फोन आयो।
‘बझाङ प्रदेशसभा सांसद देवकी मल्लको अपहरण भएको भन्ने खबर छ। कुरा के हो बुझ्नु होला,‘ फोन गर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) थिए।
उनको फोन उठाएका थिए जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रवीण धितालले। सांसदकै अपहरण भएको खबर आएपछि प्रहरीले