अपहरणको आरोपमा विमला वलीले शंकर पोखरेलविरुद्ध दिइन् किटानी जाहेरी

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिएकी छन् । प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले बुटवलमा सोमबार दिएको उजुरी बुधवार दाङ पठाइएको लोकान्तरलाई जानकारी दिए । निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र...