गत वैशाख १० गते जनता समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्रकुमार यादवले आफूलाई अपहरण गरेको भन्दै जाहेरी दरखास्त दिएका थिए।
नेकपाका बहालवाला दुई सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ 'किसान' तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाललाई प्रतिवादी बनाई जाहेरी दरखास्त दिइएको थियो।
प्रहरीले तत्काल जाहेरी दर्ता गर्न नमानेपछि सांसद यादवले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गर्न लगाएका थिए।
प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दा अपहरण गरिएको प्रमाण नभेटिएपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन...