पोखरा । छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले ध्यानाकर्षण गराएका छन् । कास्कीको पोखरा महानगरपालिका– १ टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी तथा भुपु विद्यार्थीहरुको संयुक्त समूहले सोमबार विद्यालयका प्रधानाध्यापक सुर्य तिवारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।