बलात्कार आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन

टीकापुर नगरपालिका–५ नुक्लीपुरकी नौ वर्षीय बालिकालाई बलात्कार गर्ने स्थानीय प्रेम शाहीलाई कानुनी कारबाहीको माग गर्दै बालिकाका आफन्तले विरोध प्रदर्शन गरेका छन्।...

सम्बन्धित सामग्री

बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन

खोटाङ- सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिस्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समूहले आइतबार दिक्तेको त्रिवेणीचोकमा प्रदर्शन गरेका हुन् । स्वतस्फुर्त भेला भएका किशोरीको समूहले ‘बलात्कारीलाई सजाय दे, हद […]

बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । एउटा सुन्दरी प्रतियोगितामा एक प्रतिस्पर्धीले आफूमाथि आठ वर्षअघि आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी छन् । उनले त्यो घटना सार्वजनिक गरेसँगै काठमाडौँको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भइरहेको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटेलमा बोलाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याक मेल’ गर्दै निरन्तर […]

पीडकलाई कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं । बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा बलात्कार र घरेलु हिंसाका घटना न्यूनीकरण र पीडकलाई कारबाहीको माग गर्दै संघले प्रदर्शन गरेको हो ।  एक सौन्दर्य प्रतियोगिताका आयोजकले आठवर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै एक युवतीले घटना सार्वजनिक...

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ जेठ । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु […]

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटो फिचर)

काठमाडौँ – बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका […]

समाचार संकलन गर्न गएकी एक पत्रकार प्रहरी नियन्त्रणमा

अठार महिनाकी नाबालिकालाई बलात्कार गर्ने दाजुभाइलाई कडा कारबाहीको माग गर्दै राजमार्गमा प्रर्दशन भएको समाचार संकलन गर्न गएकी एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।   सुन्दरहरैचा नगरपालिका –७...

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं)को प्रदर्शन

टेकराज भुसाल, बुटवल । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु (छैठौं) ले आज बुटवलमा प्रदर्शन गरेको छ । बुटवल कालिकानगर स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट सुरु भएको विरोध जुलुस राजमार्ग चौराहा हुँदै मिलनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोजमान सिंह, सचिव सागर वेलवासे र जिल्ला सदस्य टेकराज भुसाल लगायतले भागरथी भट्टको बलात्कारपछि भएकोले हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । निर्मला पन्त लगायत बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउदा बलात्कार र हत्याका घटना बढेको भन्दै उहाँहरुले अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कार्यमा सरकार उदासीन देखिनु आपत्तिजनक रहेको बताउनु भयो । अपराधीलाई कारबाहीको दायरामा नल्याउने षडयन्त्र हुनसक्ने भन्दै तत्काल दोषि पत्ता लगाई कारबाही गर्न गर्नुभयो । भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले राजधानी काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा संगठनका केन्द्रीय अध्यक्ष, सचिव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उहाँहरुले अपराधीलाई कारबाहीको माग गर्दा प्रहरी प्रशासनले धरपकड गर्नु थप आपत्तिजनक भएको बताउनु भयो । प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलत्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाहरुको सुरक्षा गर, सरकारी उदासिनता मुर्दावाद जस्ता नारा लगाएका थिए ।

भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले प्रदर्शन गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो । आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । यो पनि :  ‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग