दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।...

सम्बन्धित सामग्री

दोषीलाई कारबाहीको माग गर्दै चक्काजाम

मलंगवा : बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै सर्लाहीमा बिहीवार पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।स्थानीय बासिन्दाले हरिवन नगरपालिका–९ दनुवारीका नारायण गौतमले ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोप लगाउँदै राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरूले आरोपी गौतमलाई पक्राउ गरी कारबाहीका लागि न्यायालयमा लैजान माग गरेका छन्। पीडक गौतमलाई बचाउन स्थानीय प्रहरी जनप्रतिनिधि र दलका नेताहरू लागि परेको भन्दै पीडितका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।पीडितका आफन्तका

दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।...

माओवादीले हरिवनमा बन्द गरेको राजमार्ग ३ घण्टापछि खुल्यो

२० कात्तिक, सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् । माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका थिए । आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका कार्यकर्ताले जनाएका छन् । सर्लाहीकी बलमाथपि […]

हरिवनमा माओवादी कार्यकर्ताले बन्द गरे राजमार्ग

२० कात्तिक, सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् । सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी […]

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।...

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजो

कैलालीमा युवक हत्या प्रकरण : पूर्व–पश्चिम राजमार्ग बन्द

कैलाली – कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा स्थानीयवासीले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बेलुकासम्म बन्द रहने सङ्घर्ष समितिका संयोजक ललित परियारले बताउनुभयाे ।  दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने केहीबेरमा राजमार्ग खोलिने जनाएको छ । राजमार्ग खो...

पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ।अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग दिउँसो केहीबेर खुलेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं)को प्रदर्शन

टेकराज भुसाल, बुटवल । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु (छैठौं) ले आज बुटवलमा प्रदर्शन गरेको छ । बुटवल कालिकानगर स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट सुरु भएको विरोध जुलुस राजमार्ग चौराहा हुँदै मिलनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोजमान सिंह, सचिव सागर वेलवासे र जिल्ला सदस्य टेकराज भुसाल लगायतले भागरथी भट्टको बलात्कारपछि भएकोले हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । निर्मला पन्त लगायत बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउदा बलात्कार र हत्याका घटना बढेको भन्दै उहाँहरुले अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कार्यमा सरकार उदासीन देखिनु आपत्तिजनक रहेको बताउनु भयो । अपराधीलाई कारबाहीको दायरामा नल्याउने षडयन्त्र हुनसक्ने भन्दै तत्काल दोषि पत्ता लगाई कारबाही गर्न गर्नुभयो । भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले राजधानी काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा संगठनका केन्द्रीय अध्यक्ष, सचिव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उहाँहरुले अपराधीलाई कारबाहीको माग गर्दा प्रहरी प्रशासनले धरपकड गर्नु थप आपत्तिजनक भएको बताउनु भयो । प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलत्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाहरुको सुरक्षा गर, सरकारी उदासिनता मुर्दावाद जस्ता नारा लगाएका थिए ।