फोहोर व्यवस्थापनमा धरान उपमहानगर–वन फेरि ‘लफडा’

धरान उपमहानगरको सहरी क्षेत्रबाट दैनिक ३० टन फोहोर निस्कन्छ । त्योमध्ये आधा धरान–६ पानमारास्थित भेन्चर वेस्ट इनर्जीले लैजान्छ । बाँकी आधा फोहोर व्यवस्थापन गर्न हालसम्म धरानको व्यवस्थित ल्यान्डफिल साइट छैन । त्यसैले बाँझगरा सामुदायिक वन क्षेत्रको दक्षिणमा सेउती खोलानजिकै फालिन्छ ।

सम्बन्धित सामग्री

काठमाडौं–पूर्व बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौं । काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन शुरु गरेका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् ।  पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् । पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्री श्रेष्ठले पछिल्लो समय धरासयी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि एउटै व्यवस्थापनको शुरुआत गरिएको जानकारी दिए ।  एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतमा सम्बन्धित क्षेत्रका टिकट काउण्टरमार्फत सञ्चालन हुनेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका तीसभन्दा बढी प्रालिमार्फत छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, बिराट, स्वयम्भू नेशनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिमलगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् । संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए । उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण र सम्बर्द्धन गर्ने उल्लेख गरे ।  यसअघि काठमाडौं महानगरपालिकाले महानगरभित्र जथाभावी रूपमा सञ्चालनमा आएका टिकट काउण्टरलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन उपत्यका बाहिर सञ्चालित यात्रुबाहक बसले अनिवार्य रूपमा कामपामा दर्ता गराउनुपर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णयलाई बेवास्ता गरेर आफूखुसी टिकट बुकिङ कार्यालय तथा काउण्टर खोलेको पाइएमा हटाउने बताएपछि यातायात कम्पनीहरूले एउटै व्यवस्थापन बनाएर सञ्चालन शुरु गरेका हुन् । रासस

बालेन र हर्क साम्पाङको जुहारीको चर्चा संसदमा

२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् । उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए । साम्पाङले बुधबार साँझ […]

मेयर हर्क साम्पाङले भने – ‘काठमाडाैंको फोहोर देख्दा श्रमदान गर्न मन लाग्यो’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशकै राजधानी काठमाडौंमा फोहोर व्यवस्थापनमा भइरहेको असफलतामाथि

आसमायालाई मिस धरान आइकनको उपाधि

काठमाडौं । ‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ भ्रमणको मौका पाएकी छन् । प्रतियोगितामा प्रजना राई फस्ट रनरअप र श्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बनेकी छन् । राई र विश्वकर्माले क्रमशः […] The post आसमायालाई मिस धरान आइकनको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पर्यटकको आकर्षक गन्तव्य तालतलैयाको फोहोर व्यवस्थापनमा चुनौती

धरान (अस) । पछिल्लो समय सुनसरीका सिमसार क्षेत्रहरू पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका छन् । सिमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरू जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यति नै दूषित पनि बन्दै गएका देखिन्छन् । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता  ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने । पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।

धरानको कृषि उपज बजार आठौंपटक उत्कृष्ट घोषित

धरान (अस) । मुलुकभरका ११ ओटा संघीयस्तरका कृषि बजारमध्ये धरानको कृषि उपज बजार स्थल आठौंपटक उत्कृष्ट घोषित भएको छ । कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिए । धरान कृषि बजार २०७५ सालयता लगातार उत्कृष्ट घोषित हुँदै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्यांकन गरेर वर्षेनि थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सबैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल बनेको वताए । उनले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै अन्तरराष्ट्रियस्तरको बजार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

वीपी प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्यांक स्थापना

असार २४, धरान । अक्सिजनको व्यवस्थापनमा कठिनाई भोगिरहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप लिक्विड अक्सिजन ट्यांक स्थापना गरिएको छ । प्रतिष्ठानमा रहेको प्रतिमिनेट १ हजार ६०० प्रतिलिटर क्षमताको अक्सिजन प्लान्ट रहेपनि प्लान्ट विग्रदा, कम क्षमतामा चल्दा वा उत्पादनमा कमी हुँदा लिक्विड अक्सिजन ट्यांकबाट अक्सिजन सप्लाई गरिने भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख रुपैयाँको बजेटबाट २० हजार लिटर क्षमताको अक्सिजन ट्यांक स्थापना गरिएको हो ।  प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनबाट विभिन्न वार्डहरुमा र कोभिड अस्पतालमा अक्सिजन सप्लाई हुनेछ । तर ट्यांक स्थापना गरिए पनि मुख्य अक्सिजन प्लान्ट विग्रदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउदा मात्रै लिक्विड अक्सिजन ट्यांकबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरुमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।  ट्यांकले ५/६ दिनसम्म धान्न सक्ने क्षमताको रहेको पोखरेलले बताए । उनले भने, ‘वीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिण्डरहरुमा भरेर ल्याउने झण्झट पनि हुँदैन, सबै वार्डहरुमा पाइपलाइन विस्तार हुँदा सिलिण्डरको रिप्लेस हुन्छ ।’

विमानस्थल बन्ने जग्गामा किचलो

सरकारले धरानमा विमानस्थल निर्माण प्रक्रिया थाले पनि जग्गा व्यवस्थापनमा समस्या देखिएको छ । धरान उपमहानगरपालिका-१७ स्थित