काठमाडौं–पूर्व बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौं । काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन शुरु गरेका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् ।  पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् । पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्री श्रेष्ठले पछिल्लो समय धरासयी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि एउटै व्यवस्थापनको शुरुआत गरिएको जानकारी दिए ।  एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतमा सम्बन्धित क्षेत्रका टिकट काउण्टरमार्फत सञ्चालन हुनेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका तीसभन्दा बढी प्रालिमार्फत छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, बिराट, स्वयम्भू नेशनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिमलगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् । संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए । उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण र सम्बर्द्धन गर्ने उल्लेख गरे ।  यसअघि काठमाडौं महानगरपालिकाले महानगरभित्र जथाभावी रूपमा सञ्चालनमा आएका टिकट काउण्टरलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन उपत्यका बाहिर सञ्चालित यात्रुबाहक बसले अनिवार्य रूपमा कामपामा दर्ता गराउनुपर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णयलाई बेवास्ता गरेर आफूखुसी टिकट बुकिङ कार्यालय तथा काउण्टर खोलेको पाइएमा हटाउने बताएपछि यातायात कम्पनीहरूले एउटै व्यवस्थापन बनाएर सञ्चालन शुरु गरेका हुन् । रासस 

सम्बन्धित सामग्री

काठमाडौँ–पूर्व बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् ।

बन्द हुने अवस्थामा द्रुत बस सेवा

काठमाडौं। गत असोज ३ गतेदेखि सरकारले सञ्चालन गरेको दु्रत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक अध्ययन नै नगरी सञ्चालनमा ल्याएकाले द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको हो । मन्त्रालयले भक्तपुरको सूर्यविनायक–रत्नपार्क (१३ किलोमिटर) रूटमा २५ ओटा बस सञ्चालनमा ल्याएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा यातायात क्षेत्रमा एउटा ठूलो उपलब्धि भएको दाबी गरेका थिए । उक्त सेवा २ करोड रुपैयाँको लगानीमा शुरू गरिएको थियो । द्रुत बसलाई छुट्टै लेनमा गुड्ने सुविधाका लागि रातो रङ पोतिएको थियो । ती लेनमा दैनिक बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म दु्रत बस गुड्ने बताइएको थियो । तर अहिले यो सेवा अव्यवस्थित बनेको छ । द्रुत बस गुड्न छुट्टै लेनको व्यवस्था गरिए पनि सबै गाडी सोही लेनबाट गुड्दा दु्रत बस सेवा प्रभावकारी हुन नसकेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘द्रुत बस सेवा अन्तर्गत सञ्चालित बस र अन्य बस गुड्ने लेन एउटै भयो, जसले गर्दा यसको प्रभावकारिता घट्यो,’ उनले भने, ‘द्रुत यातायातको सेवा दिने विषयमा हामी नयाँ नै छौं, सिक्दै पनि छौं । सञ्चालनअघि अध्ययन पनि कम भयो । तिहारपछि यसलाई थप प्रभावकारी ढंगले अगाडि बढाउँछौं ।’ एम्बुलेन्स र दमकललाई भन्दा पनि बढी प्राथमिकतामा राखेर द्रुत बसका नाममा छुट्टै लेनको व्यवस्था गरिएकाले साधारण यात्रुवाहक बस तथा अन्य गाडीले घण्टौंसम्म ट्राफिक जाम खेप्नुपरेको भन्दै यसको आलोचना समेत हुँदै आएको छ । विभागका महानिर्देशक रिजालले तिहारपछि उक्त रुटमा चल्ने सबै सार्वजनिक यात्रुवाहक बसलाई द्रुत बस सेवा अन्तर्गत सञ्चालन गर्नेगरी अध्ययन भइरहेको बताए । मन्त्रालयले सो सेवा परीक्षणका लागि मात्रै शुरू गरिएको भन्दै व्यवस्थापनमा केही समस्या देखिनु स्वाभाविक भएको दाबी गरेको छ । मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले अब थप अध्ययनसहित प्रभावकारी रूपमा द्रुत बस सेवा शुरू गरिने उनले बताइन् ।

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

काठमाडौँबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन

काठमाडौँबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन आजदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत […]

काठमाडौंबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा

काठमाडौंः दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खुलेकै दिन पारेर काठमाडौंबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात एउटै व्यवस्थापनमा आएका छन्। छुट्टाछुट्टै कम्पनी र व्यवस्थापनमा चलेका सार्वजनिक बसहरु शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा एउटै…

काठमाडौंबाट पूर्व चल्ने यातायातको एउटै व्यवस्थापन

१ असोज, काठमाडौं । काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात शनिबारदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा […]

काठमाडौँबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने यातायात एउटै व्यवस्थापनमा

काठमाडौँ– काठमाडौँबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन आजदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात […]

हतारमा स्थानीय बस, व्यवस्थापनमा चुनौती

सुदूरपश्चिम प्रदेशका स्थानीय तहले हतार हतारमा बस सेवा सञ्चालन गरेको भएपनि पछिल्लो समयमा व्यवस्थापन गर्न चूनौति देखिएको छ । एक वर्षदेखि नगर बस सञ्चालन गरेको डोटीको शिखर नगरपालिकाले नगरभित्र बस सञ्चालन गर्दा उपलब्धी मानेको भएपनि अहिले व्यवस्थापनमा चुनौति थपिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडीले नगर बस सञ्चालन भएपनि व्यवस्थापन गर्न चुनौति थपिएको बताए । “चालक, सह–चालक, गाडी मर्मत, इन्धन खर्च जुटाउन समस्या भइरहेको छ,” उनले भने, “नगरपालिकाले गत आर्थिक वर्ष बस सेवाबाट झन्डै १८ लाख रकम आम्दानी गरेको थियो । आम्दानी भएको रकम चालक, सहचालक, इन्धन र मर्मत लगायतमै खर्च भयो ।” नगरपालिकाले बस सञ्चालन गर्नुअघि राजनीतिक आधारमा सञ्चालन समिति गठन गरेको थियो ।