नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।