बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उनले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्