वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिनेको छ। जापानको विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार वैज्ञानिक अनुसन्धान नतिजा तथा ‘उच्च प्रभाव’ भएका अध्ययनमा चीनले अमेरिकालाई उछिनेको द गार्डियनले उल्लेख गरेको छ।
जापानको नेशनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी (एनआईएसटीपी)ले मंगलवार प्रकाशन गरेको प्रतिवेदनमा चीनले वार्षिक रूपमा सबैभन्दा धेरै वैज्ञानिक शोधपत्रहरू…