बागमती प्रदेशमा भइरहेको पाँच वैज्ञानिक खोजी

हेटौंडा : बागमती प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्दै हाल ५ वटा विषयमा अनुसन्धान गरिरहेको छ।  प्रदेश सरकारले युवाहरुमार्फत विश्वमा नै नयाँ प्रकारका ५ विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेको हो। विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसनधान गर्ने योजना र जानकारी भएका युवाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ।सोही अन्तर्गत बागमती प्रदेशमा हाल युवाहरुले ५ वटा नयाँ वैज्ञानिक अनुसन्धान गरिरहेका छन्। प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्ने उद्वश्यले युवा वैज्ञानिक कोष स

सम्बन्धित सामग्री

समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

फागुन २९, काठमडौं । यातायत व्यवसायीले चैत ७ गतेसम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।  पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।  विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रू. १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो ।  आइतवार पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिएका हुन् ।  व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९ दशमलव शून्य ३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।  यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८ दशमलव ५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए ।  गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो । रासस