भक्तपुरका अस्पतालमा सकियो अक्सिजन

भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै […]

सम्बन्धित सामग्री

अक्सिजन सकियो भन्दै हेटौंडा अस्पतालले बिरामीसँग माग्यो माफी

श्रीजना नेपालहेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएको छ।अक्सिजन अभाव भएसँगै अस्पतालले बिरामीलाई अन्य जिल्ला रिफर गर्न थालेको छ। अस्पतालले आज विज्ञप्ति नै जारी गर्दै अस्पतालमा अक्सिजनको कमि भएको भन्दै बिरामीसँग क्षमा मागेको छ।भर्ना भएका संक्रमितलाई ३ घण्टाका लागि मात्रै पुग्ने अक्सिजन रहेको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेको हो। तर अहिले विभिन्न स्थानबाट सहयोग मागेर आज बेलुकासम्म पुग्ने अक्सिजनको जोहो गरि

हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ कोरोना भाइरसका विरामीहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो। अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन आवश्यक पर्ने विरामीको उपचार गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा कोभिड–१९…

भक्तपुरका अस्पतालमा पनि सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अक्सिजन बैंक स्थापना

कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको  संस्थाका प्रोजेक्ट मेनेजर दीपक राज ढुङ्गानाले जानकारी दिए । दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम

अल्का अस्पतालमा अक्सिजन सकियो, उपचारमा समस्या

ललितपुर । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ।  शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको हो ।‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’ अल्का अस्पतालका सिइओ दीपेन्द्र पोखरेलले भने, ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ?’उनका अनुसार अल्का अस्पताललाई अहि

अक्सिजन आपूर्तिमा उद्योगको बदमासी, व्यवस्थापन गर्न अस्पताललाई सकस

धनगढी : सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५० जना जटिल प्रकृतिका काभिड–१९ संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार गर्न निकै सकसपूर्ण अवस्था सिर्जना भएको छ। बिरामीको बढ्दो चाप र अक्सिजन अभावले उपचारमा समस्या आएको हो।प्रादेशिक अस्पतालमा मंगलबार राति नै अक्सिजनको मौज्दात सकियो। कोरोना संक्रमित तड्पिन थाले। अस्पताल व्यवस्थापनलाई अक्सिजनको जोहो गर्न धौ-धौ पर्‍याे। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेय भन्छन्, ‘राति जेनतेन व्यवस

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन सकियो

अस्पतालमा भर्ना भएका ५९ जना सिकिस्त बिरामीलाई अक्सिजन अभाव भएपछि बचाउन समस्या भएको कारोना विशेष अस्पतालका फोकल पर्सन दोर्ण ओलीले बताए।

ठेक्काको म्याद सकियो, अस्पतालमा आएन अक्सिजन प्लान्ट

रुकुम पश्चिम – स्वास्थ्य सामग्री खरिदमा ठेकेदारले लापर्बाही गर्दा रुकुम पश्चिममा अक्सिजन प्लान्ट नपुग्दा गम्भीर प्रकृतिका बिरामी त्यस सेवाको अवसरबाट वञ्चित भएका छन् ।   उच्च प्रकृतिका बिरामी र कोरोना भाइरस सङ्क्रमणको लक्षणसहितका बिरामीको उपचारमा अत्यावश्यक मानिने अक्सिजनको डोज दिन अक्सिजन प्लान्ट चाहिने हुन्छ । तर ठेक्का पाएको कम्पनीको लापर्बाहीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट आएको छैन । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख विष्णु बुढाथोकीका अनुसार ठेकेदारले सा...