अल्का अस्पतालमा अक्सिजन सकियो, उपचारमा समस्या

ललितपुर । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ।  शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको हो ।‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’ अल्का अस्पतालका सिइओ दीपेन्द्र पोखरेलले भने, ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ?’उनका अनुसार अल्का अस्पताललाई अहि