किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अक्सिजन बैंक स्थापना

कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको  संस्थाका प्रोजेक्ट मेनेजर दीपक राज ढुङ्गानाले जानकारी दिए । दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम