हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ कोरोना भाइरसका विरामीहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो। अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन आवश्यक पर्ने विरामीको उपचार गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा कोभिड–१९…

सम्बन्धित सामग्री

कोरोना संक्रमण नियन्त्रणमा सक्रिय बन्न थाल्यो बागमती प्रदेश सरकार

हेटौंडा :  कोरोना नियन्त्रणमा प्रदेश सरकारको भूमिका कमजोर भएको भन्दै गुनासो आउन थालेपछि बागमती प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र नियन्त्रणमा सक्रियता देखाएको छ।  विभिन्न सामाजिक संघ संस्थाको तुलनामा प्रदेश सरकारको भूमिका न्यून देखिएको भन्दै प्रश्न उठ्न थालेपछि कोरोना नियन्त्रणमा प्रदेश सरकारले सक्रियता बढाएको हो। प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या हुँदासमेत प्रदेश सरकारले सक्रिय रुपमा भूमिका निर्वाह गर्न नसके...

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा

हेटौंडा अस्पताललाई कांग्रेसले दियो ४० सिलिण्डर अक्सिजन

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई नेपाली कांग्रेस मकवानपुरको कोभिड –१९ अनुगमन समितिले ४० सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको छ। समितिले पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको हो। समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई हस्तान्तरण गरेका छन्। अस्पतालमा अक्सिजनको अभाव भएर कोरोना संक्रमितको उपचारमा समस्या भएपछि समितिले अक्सिजनको व्यवस्था गरेर बिरामीको उपचारमा सहयोग गरेको संयोजक इटेनीले बताए। ...

हेटौंडा अस्पताललाई प्राप्त भयो १०० सिलिण्डर अक्सिजन

हेटौंडा : हेटौंडा अस्पतालमा थप १०० सिलिण्डर अक्सिजन आइपुगेको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव भएपछि नेपाली सेनाको पहलमा अक्सिजन व्यवस्थापन कार्य भइरहेको छ। जसअन्तर्गत आज शनिबार दिउँसो १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिएको हो।अक्सिजन अभाव भएपछि अस्पताल व्यवस्थापन समितिले शुक्रबार कोरोना संक्रमितको उपचार गर्न समस्या भएको भन्दै माफी मागेको थियो भने केही बिरामीलाई रेफरसमेत गरेको थियो। अस्पतालले विज्ञप्ति नै जारी गरेर अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको

हेटौंडा अस्पतालका लागि अक्सिजन जुट्दै

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई शनिबार दिउँसोसम्म पुग्ने अक्सिजन जोहो भएको छ। अक्सिजन अभावका कारण बिरामीलाई उपचारमा समस्या भएको भन्दै अस्पतालले शुक्रबार विज्ञप्ति  जारी गरेपछि विभिन्न स्थानबाट अक्सिजनको व्यवस्थापन भएको हो। अस्पतालका अध्यक्ष राजेश प्रसाईंको अनुसार अस्पतालसँग शनिबार बिहान ७ बजेसम्म ८० वटा सिलिण्डर मौज्दात रहेको छ। अस्पतालले बिरामीहरुलाई सिन्धुली अस्पताल रिफर गर्न थालेको थियो। त्यसपछि मकवानपुरको अक्