रुकुम पश्चिम – स्वास्थ्य सामग्री खरिदमा ठेकेदारले लापर्बाही गर्दा रुकुम पश्चिममा अक्सिजन प्लान्ट नपुग्दा गम्भीर प्रकृतिका बिरामी त्यस सेवाको अवसरबाट वञ्चित भएका छन् ।
उच्च प्रकृतिका बिरामी र कोरोना भाइरस सङ्क्रमणको लक्षणसहितका बिरामीको उपचारमा अत्यावश्यक मानिने अक्सिजनको डोज दिन अक्सिजन प्लान्ट चाहिने हुन्छ । तर ठेक्का पाएको कम्पनीको लापर्बाहीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट आएको छैन । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख विष्णु बुढाथोकीका अनुसार ठेकेदारले सा...