लमजुङ – सेतो कोठे ‘हाफ’ कमिज । निलो पाइन्ट । खुट्टामा निलै चप्पल । हँसिलो चेहेरा । सारङ्गी भिरेका । ढल्किँदो उमेर । र पनि माया भावले भरिएको गीत सारङ्गीको धुनमा मिसाउँदै हुनुहुन्छ, लमजुङका सीताराम गन्धर्व ।
भोटेओडारकोे चिया पसलमा भेटिनुभएका गन्धर्वले ‘मयसित एकछिन भेट नहुँदा, सिरानीको खोल भिज्यो म रुँदा.......’ यही माया भावको शब्द सारङ्गीको धुनमा मिसाउँदै, गाउँदै हुनुहुन्थ्यो ।
माया, प्रेम, मिलन, बिछोडका भावका साथै गाउँघर, उकाली, ओराली, मेलापातका गीत आफ्नो सारङ्गीको धुनमा बुन्दै...