काठमाडौं उपत्यकाको ठूलो जात्रामध्ये एक इन्द्रजात्रा भर्खरै सकिएको छ । यस वर्ष यो जात्रासँग सम्बन्धित धेरै गुठी, समूह र निकायबिचको सहभागिता, समन्वय र व्यवस्थापनले जात्रा आकर्षक बन्यो । साथै, जात्रा अवधिभरको निकै पेचिलो ट्राफिक व्यवस्थापन पनि धेरै हदसम्म सफल रहेको मान्नुपर्छ । यो पर्व विश्वलाई देखाउन लायक छ भनिरहँदा यसमा भएका केही त्रुटीको पुनरावलोकन गर्नु पनि उत्तिकै आवश्यक छ । समग्रमा पर्व भव्यताका साथ सम्पन्न भएको छ । यसमा दुइ मत छैन । तैपनि केही विकृतितर्फ ध्यान जानु जरुरी छ । साथै केही