कर्णालीका ६ जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । यी जिल्लामा उत्पादन हुने खाद्यान्नले वर्षभरि खान पुग्दैन । कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्लामा आवश्यकताभन्दा कम खाद्यान्न उत्पादन हुने गर्दछ ।जिल्ला बाहिरबाट खाद्यान्न आयात गरी छाक टार्नुपर्ने बाध्यतामा रहेका स्थानीयवासीले पोषणयुक्त खानासमेत पाउँदैनन् । सरकारी तथ्याङ्क अनुसार कालिकोटमा वार्षिक २९ हजार ७३९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ । तर, यहाँ वार्षिक