खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको छ महिनामा ३८ कम्पनीलाई कारबाहीको दायरामा ल्याएको छ । तोकिएको खाद्य मापदण्ड तथा गुणस्तरीयता नपुर्याएका तथा उपभोग्य खाद्यान्नमा अखाद्य पदार्थ मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने विभिन्न ३८ खाद्य तथा पेय कम्पनीलाई विभागले कारबाही गरेको हो । शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को छ महिनाको रिपोर्ट सार्वजनिक गर्दै विभागले सो अवधिमा खाद्य तथा बजार र उद्योग क्षेत्रबाट गरी कुल २ हजार १२४ नमुना सङ्कलन गरी परीक्षण गरिएको