बाँकेका किसानसँग धान खरीद गर्दै खाद्य कम्पनी

नेपालगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरीद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरीद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए । गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरीद गरेकोमा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरीद गर्न लागेको छ । कम्पनीले गतवर्षभन्दा यस वर्ष ढिला गरी धान खरीद शुरू गर्न लागेको हो । सरकारले भदौमै धानको समर्थन मूल्य तोके पनि दशैंपछिको बेमौसमी वर्षाका कारण खरीद प्रक्रिया ढिला गरी शुरू भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ । बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिइएको छ । रासस  

सम्बन्धित सामग्री

धान खरीद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ । संघीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान ५ हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म ६ करोड ३७ लाख ५...