प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथि सोमवारको सुनुवाइ शुरू, आज पनि रिट निवेदक पक्षबाट बहस

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सोमवार पुन: सुनुवाइ शुरू भएको छ । आइतवार हेर्दाहेर्दैमा राखेर स्थगित गरिएको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवार स्थगित भएकै बिन्दुबाट शुरू भएको हो । सोमवारको सुनुवाइको शुरूमा अधिवक्ता दीनमणि पोखरेलले बहस गर्दैछन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । यसअघि आइतवारको सुनुवाइमा रिट निवेदकका ...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, संवैधानिक इजलासमाथि नै प्रश्न

काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि छलफलका लागि बनाइएको संवैधानिक इजलासमाथि नै प्रश्न उठेपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरूले आइतवार (आज) संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरेका थिए । आज मुद्दाको तथ्यमा छलफल नै नभएकाले प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथिको छलफललाई हेर्दाहेर्दैमा राखिएको छ । आजको बहसमा संवैधानिक इजलासमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि र...

प्रतिनिधि सभा विघटन : रिट निवेदक पक्षको बहस सकियो, भोलिबाट सरकारी वकिलको पालो

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस सकिएको छ । निरन्तर १३ दिनको सुनुवाइपछि रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको हो ।  सोमवारबाट महान्यायाधीवक्ता अग्नि खरेलसहित सरकारी पक्षका वकिलहरूको बहस शुरू हुने सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए । आइतवार लोकेन्द्र ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, दिनेश लामिछाने, केशरजंग केसीलगायतले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादे...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रवार हुने

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथिको सुनुवाइ बुधवार हेर्दाहेर्दैमा राखेर सकिएको छ । अर्को पेशी शुक्रवारका लागि तोकिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा बुधवार सुनुवाइ नसकिएपछि शुक्रवारका लागि सरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले लोकान्तरलाई जानकारी दिए । बुधवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूलाई संवैधानिक इजलासमै सुनवाइ गर्ने कि वृहत् पूर्ण इजलासमा लैजाने भन्नेमा बहस भएको थियो । रिट निवेदक पक्ष...