प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा दायर भएका रिट सुनुवाइका क्रममा अधिवक्ताहरूबाट एउटै खालको बहस हुन थालेपछि न्यायाधीशहरू आजित पर्न थालेका छन् । उनीहरूले रिट निवेदकका तर्फबाट बहस गरिरहेका वकिललाई बारम्बार समय छोट्याउन आग्रह गरिरहेका छन् ।
बुधवार रिट निवेदक देव गुरुङका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई न्यायाधीश सपना मल्ल प्रधानले 'बहस कहिलेसम्म सकाउने हो ?' भन्दै प्रश्न गरेकी थिइन् ।
वरिष्ठ अधिवक्ता केसीले हिजोदेखिको आफ्नो बहस आजको सुनुवाइमा पनि जारी राखेका थिए । समयका बारेम...