काठमाण्डौ – प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि रिट निवेदक र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बिहीवार सरकारी र सभामुख अग्नि सापकोटाका तर्फबाट बहस भएको हो ।
अब शुक्रवार (भोलि) रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्युरीको बहस सुरु हुनेछ । अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।
बिहीवार सभामुख अग्नि सापकोटाका तर्फबाट बहस गरेका अधिवक्ता श्रीकृष्ण सुवेदी, लव मैनाली र श्यामप्रसाद खरेलले संसद्ले प्रधानमन्त्री ओलीलाई पूर्ण सहयोग गरे पनि व्यक्तिग...