चियाब्रेकपछि देउवा पक्षका वकिललाई प्रधानन्यायाधीशले भने– 'अब ४० मिनेटमा बहस सकाउनुस्'

प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर रिटमा रिट निवेदक पक्षको बहस अन्तिम चरणमा पुगेको छ । आइतवार चियाब्रेकपछि शुरू भएको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदक पक्षसँग अब ४० मिनेट मात्र बाँकी रहेको जनाउ दिएका छन् । 'अब ४० मिनेटमा बहस सक्नुस्,' रिट निवेदक पक्षलाई प्रधानन्यायाधीश जबराले भने । बहसका लागि रिट निवेदक पक्षले कुल १५ घण्टाको समय पाएको थियो । त्यसमध्ये १२ घण्टा पहिलो चरणमा र ३ घण्टा जवाफी बहसका लागि छुट्ट्याइएको छ । अब भोलिबा...