प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि विषयकेन्द्रित बहस शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदक शेरबहादुर देउवाका कानून व्यवसायीलाई बोल्न समय दिएका छन् ।
एक जनालाई ३० मिनेटको समय छुट्ट्याइएको छ । शुरूमा महादेव यादवले बहस गर्दैछन् ।
इजलास पुनर्गठनका विषयलाई लिएर सरकार पक्षका वकिलहरूले प्रश्न उठाएपनि यही इजलासलाई निरन्तरता दिँदै सुनुवाइ शुरू भएको हो ।
जेठ १४ गते गठन भएको इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर प्रश्न उठेपछि २३ गते आइतवार इजलास पुनर्गठ...