'हाम्रो टिम नेपाल'ले सडक नागरिकलाई नि:शुल्क खाना खुवाउने

काठमाडौं : हाम्रो टिम नेपालले फेरी निषेधाज्ञाले सकसमा परेका सडकका व्यक्तिहरुलाई खाना खुवाउने भएको छ। टिम नेपालका अध्यक्ष विमल पन्तले पहिला जस्तै नि:शुल्क खाना खुवाउने जानकारी दिए।‘जब जनता अप्ठ्यारोमा पर्छन, तब हामी सहयोग गर्छौ,विगतदेखि नि:शुल्क खाना खुवाउँदै आएका छौं,सेवामा निरन्तर लागिरहेका छौ,’ उनले भने।उनले बिहीबार बिहान पनि सडकमा रहेका गरिबी, बिरामी कुरुवालगायत व्यक्तिलाई खाना खुवाएकाे बताए। टिम नेपालले अनामनगरमा 'हाम्रो खानाघर' खाना खाेली ६५ रुपैयाँमा खाना पनि खुवाउने अभ

सम्बन्धित सामग्री

साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपालमा

काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो । असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी हुने भएका छन् । नेपाल रहेको समूह […]

आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन

बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।…

तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

२ कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दोमा विभागीय टिम नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा भएको तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक सहित पुलिस पहिलो भएको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कांस्य पदक जितेको एपीएफ तेस्रो […]

रुबिना क्षेत्रीको कप्तानीमा पुलिसले बनायो महिला क्रिकेट टिम

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा विभागीय टिम नेपाल पुलिसले पहिलो पटक महिला क्रिकेट टिम बनाएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउने गरी पुलिसले महिला टिम निर्माण गरेको प्रशिक्षक मनोज कटुवालले जानकारी दिए । पुलिसले जागिर खान योग्य रहेका २३ वर्ष कमका खेलाडीलाई जागिरकै रुपमा र २३ वर्ष माथिका […]

काठमाडाैं महानगरकाे मतगणनास्थलबाहिर टिम नेपालद्वारा निशुल्क पानी वितरण

काठमाडाैं महानगरपालिकाकाे मतगणनास्थल राष्ट्रिय सभा गृहकाे गेटबाहिर 'हाम्राे टिम नेपाल' नामकाे संस्थाले तीन दिनयता निशुल्क पानी वितरण गरिरहेकाे छ

जीतपुरसिमरा गोल्डकप : आज एपिएफ र बाग्मती भिड्ने

१२औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपअन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाईनल खेलमा विभागीय टिम नेपाल एपिएफ क्लब र बाग्मती युवा क्लब सर्लाही भिड्दैछन्। सिमरा रंगशालामा साझ ५ः३० बजेपछि दुवै टिम फाईनल प्रवेशका...

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे (फोटोफिचर)

काठमाडौं, १० माघ : दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै […]

मैत्रीपुर्ण खेलका लागि भारतीय टिम काठमाडौंमा

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच तय भएको मैत्रीपुर्ण खेलका लागि भारतीय टीम नेपाल आइपुगेको छ।प्रशिक्षक इगोर स्टिमाकसहित २५ सदस्यीय टिम नेपाल आइपुगेको हो। नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रिपुर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको भन्दै नेपालसँगको मैत्रीपुर्ण खेलले साफ च्याम्पियनसिपमा फाइदा पुग्ने बताए।कोरोना महामारीका कारण दर्शक प्रवेश भने नहुने संभावना बलियो रहेको छ। यद्दपी एन्फाले

पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकलाई रिहाइ गर्न पल शाहको माग

काठमाडौँ– नायक पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकहरुलाई रिहाई गर्न माग गरेका छन्। सरकारी जमिन जग्गा कब्जा गरेको आरोपमा प्रहरीले वेवारिशे शव व्यवस्थापन गर्ने सपना रोका मगर सहित १८ जनालाई पक्राउ गरेको थियो। पलले सरकाले दमन गरेको आरोप लगाउँदै लेखेका छन्, ‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको […]