काठमाडौँ – कुख्यात अपराधी चाल्स सोभराजलाई सरकारले प्लेनमै लगेर छाड्ने भएको छ। बुधबार सर्वोच्च अदाललते तत्काललै थुनामुक्त गरेर उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउने व्यवस्था गर्न आदेश दिएको थियो। आदेशअनुसार सोभराज बुधबार नै थुनामुक्त हुुनुपर्ने थियो, त्यति नहुँदा उनलाई बिहीबार केन्द्रीय कारागार सुन्धाराले छाड्नुपर्ने भए पनि सरकारले कारागारबाट एकैपटक प्लेन चढाउने तयारी गरेको हो। […]