काठमाडौँ। सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो । मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक […]