रोजगारीको लागि इजरायलमा एक हजार श्रमिक पठाउने तयारी

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो । इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या, अध्यागमन तथा सीमा प्राधिकरण (पिबा) र नेपालको वैदेशिक रोजगार विभागले समन्वय गरिरहेको छ । श्रमिक पठाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै सूचना प्रकाशित गरिने वैदेशिक रोजगार विभागले जनाएको छ । के-कस्ता कुराहरु समेटेर सूचना प्रकाशन गर्ने भन्ने बारेमा विवरण पिबामा पठाएको र उसले उपलब्ध गराएको भोलिपल्टै सूचना ...