सरकारले खोल्यो मौसमी कामदार पठाउने बाटो

काठमाडौं : लामो समयदेखि प्रतीक्षामा रहेका मौसमी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेसँगै नेपाली श्रमिकलाई वैदेशिक राेजगारीमा जाने बाटो खुला भएको हो। कार्यविधि स्वीकृत भएसँगै रोजगारीमा पठाउने बाटो खुला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले बताए। विभिन्

सम्बन्धित सामग्री

गैरकानुनी रुपमा कोरियामा मौसमी कामदार पठाउने ठोरी गाउँपालिकाको तयारी

१८ पुस, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासनले गरेको निर्देशन विपरीत दक्षिण कोरियामा श्रम निर्यातको तयारी गरेको छ । गाउँपालिकाले कोरियाको सोज्गम कम्पनी मार्फत भगनी सम्बन्धी कायम गरेर कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा पहिलो चरणको सम्झौता भएको जनाएको हो । ‘दक्षिण कोरियासँग पर्यटन, शिक्षा, कृषि लगायत बिषयहरुमा श्रम आदानप्रदान गर्न भगिनी […]

मौसमी कामदार कोरिया पठाउने नाममा ठगी

केही व्यक्ति र वैदेशिक रोजगार व्यवसायीले कोरियाले नेपालबाट ठूलो संख्यामा मौसमी कामदार माग गर्न लागेको भ्रम फैलाएर सर्वसाधारण युवाबाट पैसा उठाउन सुरु गरेको फेला परेको छ । वैदेशिक रोजगार विभागले कोरियामा मौसमी कामदार पठाउने भनी केही व्यवसायीले पैसा लिएको उजुरी आएको जानकारी दिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले मौसमी कामदारका रुपमा […]

मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने

वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई सिजनल वर्करको रूपमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ ।यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैध

शून्य लागतमा मौसमी कामदार आफैँ पठाउने तयारी गर्दै सरकार

नेपाल सरकारले शून्य लागतमा मौसमी कामदार पठाउने तयारी गरेको छ । पछिल्लो समयमा विभिन्न मुलुकले नेपालबाट मौसमी कामदार लैजान थालेपछि सरकारले नीतिगत रूपमा नै व्यवस्था गर्ने तयारी गरेको हो । यसका लागि...

‘अबको एक महिना भित्र निर्देशिका ल्याएर व्यवस्थित रूपमा मौसमी कामदार पठाउँछौँ’

विभिन्न पालिकाहरूले आफैँले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा मौसमी कामदार पठाउन थालेपछि सङ्घीय मामिला मन्त्रालयले मौसमी कामदार नपठाउन पालिकाहरूलाई पत्र लेख्यो । तर पालिकाहरूले कोरियाका विभिन्न पालिकासँग भगिनी सम्बन्ध कायम गरी मौसमी कामदार पठाइरहेकै छन् । मौसमी कामदार कुनै पनि देशमा जानु र पठाउनु आफैँमा गलत होइन । छोटो अवधि काम गरे पनि कमाइ राम्रो हुन्छ । तर पालिकाहरूले अर्को देशको पालिकासित भगिनी सम्बन्ध कायम गरेर वैदेशिक रोजगारीमा आफूखुसी कामदार पठाउने प्रक्रिया भने आफैमा गलत छ । किनकि नेपालमा वैदेशिक रोजग...

दक्षिण कोरियामा मौसमी कामदार नपठाउन सबै पालिकालाई सङ्घीय मामिला मन्त्रालयको पत्र

काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियाका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरी कृषि क्षेत्रमा मौसमी कामदार नपठाउन सबै पालिकाहरूलाई पत्राचार गरेको छ । पालिकाहरूले दक्षिण कोरियाको कृषि क्षेत्रमा मौसमी कामदारका रूपमा आफूखुसी कामदार पठाउने प्रक्रिया थालेपछि मन्त्रालयले यस्तो पत्राचार गरेको हो ।  अहिले दक्षिण कोरियामा नेपालीहरूलाई रोजगारीका लागि पठाउन सहजीकरण गर्ने वैदेशिक रोजगार विभाग अन्तर्गत इप्लोइमेन्ट परमिट सिस्टम (ईपीएस) प्रणाली रहेको छ । ईपीएस प्रणालीमार्फत वर्षेनी नेपाली...

युवाले गरे गाउँपालिकामा तोडफोड, कोरिया पठाउने प्रक्रियाप्रति असन्तुष्टी

गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले आज (सोमबार) गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्।...

कोरिया पठाउने प्रक्रिया पारदर्शी नभएको भन्दै गाउँपालिकामा नाराबाजी

दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नभएको भन्दै फाकफोकथुम गाउँपालिकाका युवाले विरोध जनाएका छन्।...

दक्षिण कोरियामा मौसमी कामदार पठाउन मलाई चर्को दबाब छ : मन्त्री श्रेष्ठ

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन्।इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन्।सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इपिएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई