कोभिड–१९ विश्वव्याधीले अनेक आयाममा प्रभाव पार्यो । आधारभूत मानवीय आवश्यकतादेखि सेवा सुविधा र सुरक्षाका साधनसम्ममा कोभिड असर देखा पर्यो । अझ, मानिसलाई संसारको एक कुनाबाट अर्को कुनासम्म पुर्याउने सवारीसाधनको उत्पादनसम्मलाई कोरोना महामारीले छोडेन । यतिखेर संसारभर हातमा रकम भएपनि मानिसहरूले गाडी पाइरहेका छैनन् ।आधुनिक सभ्यतामा गाडीलाई सुविधाको रूपमा मात्रै हेरिँदैन, सुरक्षा र स्वास्थ्यका दृष्टिले पनि अपरिहार्य नै ठानिन्छ । कोरोना भाइरस संक्रमण फैलिएको बेला एक मान्छेदेखि अर्