युक्रेनमा भएको युद्धले जर्मन नागरिक गरिब हुने चेतावनी जर्मनीका अर्थमन्त्रीले दिएका छन् । बढ्दो ऊर्जा मूल्य, इन्धनमा भएको मुद्रास्फीतिले युरोपकै ठूलो अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी रोबर्ट हाबेकले दिएका हुन् ।‘यसको अन्त्य जर्मन समाजमा क्षति नपुु-याइकन हुने सम्भावना छैन । यो असोचनीय हो,’ उनले भने, ‘म विश्वास गर्छु, हामी मूूल्य तिर्नका लागि तयार भएका छौं । यो युक्रेनले भोगेको त्रासदीको तुलनामा सानोमात्रै हो ।’प्रारम्भिक तथ्याङ्कले मुद्रास्फीति मार्चमा ७.३ प्रतिशत पुुगेक