एजेन्सी । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्ष अगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूची’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएको बताए ।“यसलाई हरेक व