उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए । रजिष्ट्रार सिंहकाअनुसार उच्च अदालत जनकपुर मातहतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेलसहित २३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् । कुल ८६ ज