उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण, सेवा प्रभावित

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश, रजिष्ट्रारसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलगायत अन्य कर्मचारीहरूलाई सोमवार कोरोना संक्रमण भएको हो ।  कोरोना संक्रमण भएसँगै सेवा अवरुद्ध भएको छ । म्याद थप, थुनछेक र सरकारी बयानबाहेक अरू सबै सेवा प्रभावित भएको अदालत प्रशासनले जनाएको छ ।