काठमाडौंको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा कार्तिक २९ मा राति समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका थिए ।लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएर लुटपाट गरेका थिए । लुटमा संलग्न ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । ‘३ जनालाई पक्राउ गरेर प्रहरी वृत महाराजगञ्जमा थप अनुसन्धानका