जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५१ वर्षीय तोभान केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसीसहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ८ सय ८० रूपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो । …