महोत्तरीको बर्दिवास नगरपालिका-१ स्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४० वर्षीय दिपक शर्मा लगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।