सिरहा – सिरहामा ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा टोलमा रहेको ओमप्रकाश यादवले आफ्नो घरबाट अवैध लागुऔषध बेचबिखन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका २ का ओमप्रकाश यादव, अमितकुमार यादव, देवरामकुमार यादव, लहान नगरपालिका १२ का मदनकुमार चौधरी र नरसिंह चौधरी रहेका छन् । यस्तै लहान नगरपालिका ५ का इरफान हुसेन, लहान १ का कृष्णा पासमान, सप्तरीको शम्भुनाथ नगरपालिका १२ का रमेश पासमान र सुरेशकुम...