गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा आयोजित खुला डबली भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले परराष्ट्र मन्त्रालयको पत्र देखाएर दशौं महाधिवेशन स्थगित गर्नु र चुनाव सारिएको घोषणा गर्नु गलत अभ्यास भएको बताए । आचार्यले भने- “अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) …