गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर २० मा चुनावको मिति तय भएको छ । नेतृत्व चयनलगत्तै अक्टोबर २३ गतेदेखि विश्वसम्मेलन गर्ने एनआरएनएको तयारी छ । तर, चुनावको मिति नजिकिँदै गर्दा एनआरएनएभित्रको विवाद पनि सतहमा आइरहेको छ ।महाधिवेशन प्रतिनिधि चयनको विवाद परराष्ट्र मन्त्रलयमा पुगेर छानविन चल्दै गर्दा नेतृत्वका आकांक्षी मध्येका एक कुल आचार्य तोकिएको मितिमा चुनाव हुनेमा आफू द्विविधामा रहेको बताउँछन् । यद्यपि विवाद निरुपण गरेर समयमा चुनाव हुने वातावरण तयार गरिनुपर्नेमा