स्मार्ट लाइसेन्सको छपाई सुरु, हुलाकबाट सेवाग्राहीको घरघरमै पुर्याइने

स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको छ । झण्डै ७ महिना रोकिएको स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको हो । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरेरै स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।हुलाकबाट घरघरमा पुर्याइनेलाइसेन्स छपाईको काम सुरु भएसँगै यस पटक विभागले सेवाग्राहीको घरघरमै ड्राइभिङ लाइसेन्स पुर्याउने योजना बनाएको छ । कार्यक्रममै मन्त्री यादवले यस्तो उद्घोष गरेकी हुन् ।‘काठमाडौँ आएर लाइसेन्सको ट्रायल परीक्षा दिएर लाइसेन्स नआएसम्म काठमाडौँमै बस्नुपर्ने बाध्यता हटाउन हामी लागिपरेका छौँ’ मन्त्री यादवले भनिन्, ‘अब छपाईको काम सकिएपछि हामीले हुलाकबाट सेवाग्राहीको सम्बन्धित ठाउँमै लाइसेन्स पुर्याउने व्यवस्था गर्न लागेका छौँ ।’लाइसेन्स छपाईको काम माघ भित्रै सक्ने लक्ष्य विभागको छ । ४ वटा मेशिनबाट दैनिक १० हजार प्रिन्टविभागले ४ वटा मेशिनबाट स्मार्ट लाइसेन्स छपाईको काम गर्दै आएको छ । ३ सिफ्टमा काम भईरहेको छ । मेशिनले प्रतिघण्टा ४५० वटा कार्ड प्रिन्ट गर्नेछ । ३ सिफ्टमा दैनिक १० हजार कार्ड छापिने विभागले जनाएको छ ।कति छापिन्छ कार्ड ?विभागले १४ लाख स्मार्ट लाइसेन्स छाप्नेछ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलबाट १४ लाख स्मार्ट कार्ड आईसकेकाले छ । यसअघि कोरोनाका कारण स्मार्ट कार्डको आयात रोकिएको थियो । जसका कारण स्मार्ट लाइसेन्स छपाई र वितरणको काम ७ महिनादेखि रोकिएको थियो ।विभागका अनुसार हाल ४ लाख बढी चालकहरु राजश्व तिरेको रसिदको भरमा सवारी चलाईरहेका छन् । सुरुमा उनीहरुलाई नै स्मार्ट लाइसेन्स वितरण गरिनेछ । त्यसपछि मात्रै नयाँलाई दिइने छ ।२०७२ मंसिरदेखि नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको थियो ।

सम्बन्धित सामग्री

लाइसेन्सको माग दैनिक ६ हजार, छापिन्छ ४४ सय मात्र

सेवाग्राहीले लामो समयसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाउने अवस्था अझै हट्न सकेको छैन । राजस्व बुझाएको बिल बोकेर हिँड्नुपर्ने बाध्यता छ । नयाँ लाइसेन्स वा नवीकरणबापत सरकारलाई राजस्व बुझाएको वर्ष दिन भइसक्दा पनि लाइसेन्स हात पार्न नसकेको सेवाग्राहीको गुनासो छ ।

आजदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्यो

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र–लाइसेन्स) को आवेदन खुलेको छ । आज साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले नयाँ लाइसेन्स निकाल्नका लागि अनलाइन आवेदन सुरु हुने जनाएको हो । यसअघि दिइएका आवेदनहरू रद्द गरी नयाँ आवेदन प्रणाली सुरु गर्न लागिएको विभागले जानकारी दिएको छ । यसअघि, विभागले सेवाग्राहीको चाप धान्न नसकिएको...

कहिलेबाट खुल्छ स्मार्ट लाइसेन्सको लागि नयाँ आवेदन ?

लामो समयदेखि व्यवस्थित रूपमा सवारीचालक परिचयपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेको आरोप खेपिरहेको यातायात व्यवस्था विभागले पुनः अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।विभागले सूचना जारी गर्दै ''हालसम्म परेका अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले चैत १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्म आवेदन प्रणाली बन्द रहने'' जनाएको हो।अधिकारीहरूका अनुसार नयाँ आवेदन बन्द गरेर पुराना आवेदन अनुसार परीक्षा सञ्चालन अनि ट्रायल सम्पन्न भएपछि मात्रै सर्वसाधारणहरूले फेरि आवेदन दिन पाउने छन्।हालसम्म आवेदन दिएका सेवाग्राहीको काम सम्पन्न गरेपछि विभागले ''एक साताभित्रै लाइसेन्स प्राप्त गर्न सकिने'' गरी आवेदन खुला गर्ने योजना गरिरहेको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।सरकारले 'चीप' जडित स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्ष देखि सवारी चालक अनुमति पत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ।त्यस्तै कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो।महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ अनि वितरण हुन सकेको छैन।पछिल्लो अवस्था के छ?लाइसेन्स प्राप्त गनर्का लागि योग्य ठहर भएका सर्वसाधारणहरूले पहिले एक वर्षका लागि परीक्षणकालीन कार्ड प्राप्त गर्ने हुँदा पनि स्मार्ट लाइसेन्सको अभाव नहुने ठानिएको छ।कहिले बाट खुल्ला नयाँ आवेदन?अधिकारीहरूका अनुसार हाल बाँकी रहेको काम सम्पन्न गर्न 'एक-दुई महिना' लाग्ने अवस्था छ।त्यसको अर्थ आगामी जेठ महिनामा आवेदन खुल्छ त?भुसाल भन्छन्, ''यही मिति त भन्न सकिन्न। तर डेढ-दुई महिनामा फेरि खुल्ला।'भुसालका अनुसार देशका सबै यातायात कार्यालय गरी हाल ''तीनदेखि चार लाख'' आवेदकको काम सम्पन्न गर्नुपर्ने अवस्था छ।''सेवाग्राहीलाई लामो लाइनमा राखेर कुराउनुभन्दा अलि छिटो गरेर सक्काउने र भर्न (आवेदन) बित्तिकै पाउन सक्ने अवस्था सृजना गर्न उपयुक्त हुने भएकाले त्यसै अनुसार गर्न खोजिएको हो,'' उनले भने।हाल विभागसँग पर्याप्त लाइसेन्स उपलब्ध भएकाले आवेदकहरूलाई लाइसेन्स उपलब्ध गराउन समस्या नहुने अधिकारीहरू बताउँछन्।पछिल्लो समय १४ लाख स्मार्ट लाइसेन्स कार्ड प्राप्त गरेको विभागले हालसम्म दुई लाखको हाराहारीमा कार्ड छापिसकेको छ।''अब १२ लाख कार्ड हामीसँग छ। यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको आधा समयसम्म पुग्ने जस्तो देखिन्छ,'' उनले भने।त्यसपछि भने सर्वसाधारणहरूले आवेदन दिएको एक सातादेखि १० दिनभित्र लिखित अनि प्रयोगात्मक परीक्षा सम्पन्न गरेर सबै प्रक्रिया टुङ्गिने गरी व्यवस्था गर्न लागिएको विभागको भनाइ छ।तर उक्त भनाइ अनुसार काम गर्ने ठोस आधार के हुन भन्ने प्रश्नको स्पष्ट जवाफ भने अधिकारीहरूसँग छैन।हालका लागि अनलाइन आवेदन बन्द गरिएको भए पनि विदेश जान वा आपत्कालीन रूपमा लाइसेन्स प्राप्त गर्नुपर्ने बाध्यता रहेकाहरूका लागि भने सेवा उपलब्ध गराइने अधिकारीहरूको भनाइ छ।''जरुरी कोही विदेश जाने छ भने प्रवेशाज्ञा, टिकट र राहदानीको फोटोकपी लिएर आएको अवस्थामा सुविधा उपलब्ध रहेको'' भुसालले जानकारी दिए।

'ड्राइभिङ' लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

काठमाण्डाै – यातायात व्यवस्था विभागले आउँदाे बिहीवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्काे सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो । गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोक...

यातायात व्यवस्था कार्यालयको सेवा ‘झुर’, वर्ष दिन बित्दा पनि बनेन लाइसेन्स

वीरगंज : प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजको लाइसेन्स शाखाले प्रभावकारी सेवा नदिएको सेवाग्राहीले गुनासो गरेका छन्। एउटा स्मार्ट लाइसेन्सको लागि डेढ वर्षभन्दा बढी समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। यातायात व्यवस्था विभागको ढिलाइका कारण सेवाग्राहीको गुनासो आफूहरुले सुन्नु