लाइसेन्सको अनलाइन फाराम भर्न अझै उस्तै सास्तीः लाखौं खर्चिँदा पनि सुध्रेन प्रणाली, हप्तामा ४ दिन मात्र चल्छ

काठमाडौंः सरकारले २० लाख रुपैयाँ खर्च गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन प्रणाली बनाए पनि समस्या भने सल्टिएको छैन। बरु झन्झट झन् बढेको छ। लाइसेन्स आवेदन सहज बनाउन भनेर तयार पारिएको नयाँ प्रणाली आएपछि पनि सेवाग्राहीको सास्ती उस्तै छ। सेवाग्राहीले अनलाइन फाराम भर्न बिचौलिया खोज्नुपर्ने भएपछि बिचौलियाको उपस्थिति…