सेवाग्राहीले लामो समयसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाउने अवस्था अझै हट्न सकेको छैन । राजस्व बुझाएको बिल बोकेर हिँड्नुपर्ने बाध्यता छ । नयाँ लाइसेन्स वा नवीकरणबापत सरकारलाई राजस्व बुझाएको वर्ष दिन भइसक्दा पनि लाइसेन्स हात पार्न नसकेको सेवाग्राहीको गुनासो छ ।