माघ २०, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ५५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ प्रतिशत घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ६४ लाख नाफा कमाएको थियो ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ६६ लाख खराब कर्जा उठाएको छ । सो अवधिमा कम्पनीको सञ्चालन नाफा ४७३ प्रतिशत वृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ लाख ४३ हजार सञ्चालन नाफा गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड ९७ लाख पुर्याएको छ ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ६ करोड २३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ११ करोड ७१ लाख पुर्याएको छ ।
चुक्तापूँजी रू. ३४ करोड २७ लाख रहेको उक्त कम्पनीको जगेडामा रू. १४ करोड ४८ लाख सञ्चित गरेको छ । त्यसैगरी चालू आवको दास्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ७३ करोड ९२ लाख सापटि लिएर, रू.१ अर्ब ३ करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब २१ करोड कर्जा लगानी गरेको छ ।
उक्त अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ७३,मूल्य आम्दानी अनुपात ६० दशमलव ३९ गुणा,तरलता अनुपात ३ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४२ दशमलव २६ रहेको छ ।
यो पनि हेर्नुस् :
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै समता घरेलु लघुवित्तको नाफा १११ % ले वृद्धि