निष्क्रिय कर्जा बढेसँगै समता घरेलु लघुवित्त पहिलो त्रैमासमा नोक्सानीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ४७ लाख ९५ हजार नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. ५३ लाख १६ हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकोले नोक्सानीमा गएको हो ।  गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ४१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ५ करोड १० लाख रहेकोमा चालू आवमा घटेर रू. ३ करोड ३९ लाखमा झरेको छ ।  चुक्ता पूँजी रू. ३९ करोड ४१ लाख रहेको कम्पनीले जगेडामा रू.१० करोड ३२ लाख र रिटेन्ड अर्निङमा रू. १ करोड ४९ लाख सञ्चिति गरेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ९९ र तरलता अनुपात १६ दशमलव ७५ प्रतिशत छ । 

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तले दोस्रो त्रैमाससम्म कमायो २ करोड ८५ लाख नाफा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १९ दशमलव ५१ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि १९ दशमलव ५१ प्रतिशत कम रू. ४ करोड ५३ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजार रहेको छ । यही पूँजीको आधारमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने ८२ प्रतिशत बृद्धि भई रू. २६ करोड ३८ लाखभन्दा बढी कायम भएको छ । यो अवधिसम्म रू. १ अर्ब ५२ करोडभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले रू. १ अर्ब १७ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।  कम्पनीले यस वर्ष रू. ३ अर्ब २१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव शून्य ९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ५७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ९८ रहेको छ ।   वित्तीय  विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्