वैशाख २, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एकापसमा मर्जरमा गएपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बिहीवारदेखि एकीकृत कारोबार शुरु भएको छ ।
ती दुबै कम्पनीको रजिष्टर्ड कार्यलय काभ्रेको बनेपामा रहने गरी समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । दुबै कम्पनीको गत पुस १४ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
समता लघुवित्तको चुक्तापूँजी रू. २२ करोड ९३ लाख र घरेलु लघुवित्तको रू. ७ करोड ३ लाख रहेको छ । मर्जर पछि बनेको कम्पनीको चुक्तापूँजी रू. २९ करोड ९६ लाख ९० हजार पुगेको छ ।