वैशाख २१, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ३६ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने १८ दशमलव ७५ प्रतिशत कमी आएको हो । सो अवधिमा कम्पनीले रू. ६० करोड ६० लाख नाफा कमाएको थियो ।
गत आवको तुलनमा चालू आवमा खुद ब्याज आम्दानी ३६ प्रतिशत र सञ्चालन नाफा २९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ३४ करोड २७ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १६ करोड २४ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले रू. १ अर्ब ७३ करोड सापटि लिएर, रू. १ अर्ब ४ करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब १९ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक)रू. २० दशमलव ८६, मूल्य आम्दानी ४९ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू.१४७ दशमलव ३९ रहेको छ ।